+
+

दशरथ रंगशालामा खेलकुद बाहेकको कार्यक्रम नगराउन मन्त्रालयको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १८:१३

२ चैत, काठमाडौं । नेपाल युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालाको कमजोर मैदानको स्थितीलाई मध्यनजर गर्दै खेलकुद बाहेकको कार्यक्रम दशरथ रंगशालामा नगराउन राष्ट्रिय खेलकुद परिषद(राखेप)लाई निर्देशन दिएको छ ।

नेपालले फिफा विश्वकप छनोट अन्तर्गतको खेल घरेलु मैदानमा मैदानको खराब स्थितीको कारण खेल्न नपाउने कुरालाई जोड्दै मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेको हो ।

दशरथ रंगशाला हाल जुनसुकै निजी प्रायोजनका लागि पनि प्रयोग हुन थालेपछि खेलकुद मन्त्रालयले राखेपलाई जिम्मेवारीप्रति ध्यानाकर्षण गराउँदै विज्ञप्ती जारी गरेको हो ।

मन्त्रालयले शुक्रबार मन्त्रालयको अफिसियल फेसबुक पेजबाट दशरथ रंगशालाको मर्मतका लागि राखेपको ध्यानानकर्षण गराएको हो ।

यस विज्ञप्तीमा मन्त्रालयले देशैभरिरहेका रंगशालाहरुको मापदण्डसहितको कार्यविधी जारी तथा खेल क्यालेन्डर समेत सार्वजनिक गर्ने तयारी रहेको विज्ञप्तीमा जानकारी गराइएको छ ।

हेर्नुहोस् विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?