+
+

प्रोफेसनल आईटीएफ तेक्वान्दोमा सुवास र निकिता च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ८ गते २०:३९

८ वैशाख, बागलुङ । मधेश प्रदेशका सुवास तामाङ र त्रिभुवन आर्मी क्लबकी निकिता धिमाल पहिलो मेयर कप प्रोफेसनल आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको च्याम्पियन भएका छन् ।

बागलुङको बुर्तिबाङमा शनिबार सम्पन्न फाइनलमा जित निकाल्दै सुवास पुरुषमा र निकिता महिलातर्फ प्रोफेसनल फाइटमा च्याम्पियन भएका हुन् । उनीहरुले जनही ५० हजार रुपैयाँ हात पारे ।

बागलुङ जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजनामा भएको दुईदिने प्रतियोगिताको पुरुषतर्फ फाइनलमा सुवासले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसका श्रीप्रसाद बुढालाई हराए । श्रीप्रसादले ३० हजार रुपैयाँ पुरस्कार पाए ।

आर्मीका अनिल तामाङ तेस्रो भए । उनले तेस्रो स्थानका लागि भएको खेलमा बागमतीका रिकसान वाइबा तामाङ हराए । तेस्रो स्थानका अनिलले २० हजार रुपैयाँ पुरस्कार पाए ।

महिलातर्फ फाइनलमा निकिताले कोशी प्रदेशकी सजिना तामाङलाई पराजित गरिन् । सजिनाले नगद ३० हजार रुपैयाँ पुरस्कार पाइन् । महिलामा कोशीकी कुसुम राजवंशीले तेस्रो हुँदै नगद २० हजार रुपैयाँ प्राप्त गरिन् । उनले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा त्रिभुवन आर्मीकी सचिना सुनुवारलाई हराएइन् ।

महिलातर्फ ५०–५७ केजी तौल समूहमा तीन विभागीयसहित सात प्रदेश र आयोजकका गरी कुल २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

पुरुषमा भने ५५–६२ केजी तौल समूहका कुल २२ खेलाडी सहभागी भएको आयोजक संघका अध्यक्ष प्रतीक घर्तीमगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?