+
+

खेलकुदमन्त्री श्रेष्ठ र अन्तर्राष्ट्रिय ट्रायथलनकी अध्यक्षबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १७:५९

१३ वैशाख, काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय ट्रायथलन युनियनकी अध्यक्ष मारिसोल कासाडोबीच भेटवार्ता भएको छ ।

बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा भएको भेटका क्रममा उनले नेपाल ट्रायथलनको लागि निकै राम्रो गन्तव्य भएको बताइन् ।

मन्त्री श्रेष्ठले खेलकुद क्षेत्रको विकासमा नेपालले प्रयास गरिरहेको र ट्रायथलन युनियनसँग सहकार्य गर्न सकारात्मक रहेको बताए ।

ट्रायथलन युनियनकी अध्यक्ष कासाडो १५ वैशाखदेखि पोखरामा हुने सातौं संस्करणको एसिया कप तथा साउथ एसियन ट्रायथलन च्याम्पियनसिपका लागि नेपाल आएकी हुन् ।

उनले मन्त्री श्रेष्ठसँगको भेटमा नेपालको खेलकुद पर्यटनमा पनि राम्रो सम्भावना भएको बताएकी मन्त्रीको सचिवालयले जनाएको छ । कासाडो पछिल्लो १६ वर्षदेखि विश्व ट्रायथलन युनियनको अध्यक्ष छिन् । यो उनको तेस्रो नेपाल भ्रमण हो ।

शनिबार पोखरामा हुने एसियन कप एण्ड साउथ एसियन ट्रायथलनमा १५ देशका ६५ भन्दा बढी खेलाडीको सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?