+
+

नेपालले जापानमा वाटा ओपन तेक्वान्दो खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १२ गते २०:१८

१२ बैशाख, काठमाडौं । नेपालको तेक्वान्दो टिमले जापानमा हुने २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा सहभागिता जनाउने भएको छ ।

जापान वाटाको आयोजनामा हुने सो प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहनेछ ।

नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले २४ देशको सहभागिता रहने सो प्रतियोगितामा खेल्न १५ सदस्यीय नेपाली तेक्वान्दो टिम बिहीबार जापान प्रस्थान गर्ने जानकारी दिए ।

सो प्रतियोगितामा साग स्वर्णधारी वीरबहादुर महराले ७४ केजी मुनि, श्रीकृष्ण खड्काले ८७ केजी मुनि, निरज देउवाले ८७ केजी माथि, चन्द्रबहादुर राना मगरले ५८ केजी मुनि र धनबहादुर तामाङले ६८ केजी मुनि प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी टार्जन कायात मगर र युकेश थापा मगरले पुम्से अन्डर ३० मा आ-आफ्नो चुनौती पेश गर्नेछन् ।

महिलातर्फ सुष्मा श्रेष्ठले यु-६२ र सानी राना मगरले यु-७३ मा खेल्नेछन् । भजिन्द्रबहादुर क्षेत्री पुरुष र विद्या राईले महिला प्रशिक्षकको जिम्मेवारीमा छन् ।

महेश्वर फुयालको नेतृत्वमा रहेको सो तेक्वान्दो टोलीमा टिम म्यानेजरमा रविन कोइराला र अफिसियलमा घनश्याम गौतम छन् । सो प्रतियोगतामा रेफ्रीको भूमिका निर्वाह गर्न खड्का पनि नेपाली तेक्वान्दो टिमसँगै जापान जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?