+
+

आर्मीले जित्यो कोशी टी–२० को उपाधि 

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३ गते १७:४५

३ चैत, विराटनगर । विराटनगरमा जारी कोशी प्रदेश टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले  जितेको छ ।

विराटनगर–१९ स्थित  क्रिकेट रङ्गशालामा शनिबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । उपाधि जितेको आर्मीले नगद पाँच लाख रुपैयाँ पाएको छ ।

टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ११० रन बनाएको थियो । आर्मीले १ विकेटको क्षतिमा १२ दशमलव २ ओभरमा लक्ष्य भेट्टायो ।

आर्मीका ओपनर ब्याटर त्रितराज दासले ३३ बलमा २ छक्का र ५ चौकासहित अर्ध शतक बनाए । इमरान शेखले ३८ रन बनाए ।

टस जितेर ब्याटिङ रोजेको कर्णालीका लागि विपिन रावलले २७, रवीन्द्र शाही र मनिष थापाले २१–२१ रन जोडे । आर्मीका तीर्थराज दास, बसिर अहमद र सहाब आलम र सुमित श्रेष्ठले २–२ विकेट लिए ।

प्रतियोगिताको बिजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुरस्कार प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?