+
+

बाँकेमा जङ्गली जनावरको आक्रमणबाट एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १२:३१

४ चैत, बाँके । बाँकेमा जङ्गली जनावरको आक्रमणबाट एकजना बृद्धको ज्यान गएको छ ।

पूर्वपश्चिम राजमार्गको ढकेरीदेखि दुई किलोमिटर पश्चिममा पर्ने भालुखोलाको सडक बाटो छेऊमा जङ्गली जनावरले आक्रमण गर्दा ७१ वर्षीय नगेन्द्रप्रसाद शर्माको मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले जानकारी दिए ।

मृतक शर्मा दार्मा गाउँपालिका–१ सल्यान घर भई हाल ढकेरी र कोहलपुरमा आफन्तको घरमा बस्दै आएको थियो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार मृतक शर्मालाई जङ्गली जवनारले आइतबार बिहान साढे पाँच बजेको समयमा आक्रमण गरेको अनुमान गरिएको छ ।

मृतकको शवलाई पोष्टमार्टका लागि नेपालगञ्ज भेरी अस्पतालमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?