+
+

हेल्प नेपाल, मणिमुकुन्द, बुढानीलकण्ठ, सुदूरपश्चिम, एपीएफ र पुलिस विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते २१:२५
सुदूरपश्चिम र जाउलाखेलबीचको खेल ।

४ चैत, काठमाडौं । उपाधि दाबेदार हेल्प नेपाल क्लबले आठौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा कोशी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको दोस्रो दिनको अन्तिम खेलमा हेल्प नेपालले २५–१९,२६–२४,२५–१५ सोझो सेटमा जित हात पार्‍यो । त्यसअघि मणिमुकुन्द भलिबल क्लब, बुढानीलकण्ठ र सुदूरपश्चिम प्रदेश विजयी भएका थिए । महिलातर्फ नेपाल पुलिस क्लब र एपीएफले जित हात पारे ।

मणिमुकुन्दले न्यूटन भलिबल क्लबलाई २९–२७,२५–२३,२५–२३ को सोझो सेटमा हारायो । बुढानीलकण्ठ भलिबल क्लबले कर्णाली प्रदेशलाई २५–१०,२५–१८,२५– १७ को सोझो सेटमा हराएको थियो । सुदूरपश्चिम प्रदेशले जावलाखेल भलिबल क्लबलाई २५–२१, २५–१३,२५–१७ ले हरायो । दोस्रो दिन पुरुषतर्फ भएका चार खेल नै सोझो सेटमा सकिएका थिए ।

महिलातर्फ पुलिसले कर्णाली प्रदेशलाई २५–१२,२५–७,२५–८ को सोझो सेटमा हराएको थियो । एपिएफ क्लबले मधेश प्रदेशलाई २५–८, २५–७,२५–२ को सहज जित हात पारेको थियो ।

महिलातर्फ समूह ए मा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश छन् । समूह बी मा चन्द्रागिरी नगरपालिका न्यू डायमन्ड, नेपाल एपीएफ क्लब र मधेश प्रदेश छन् ।

पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्टस क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् । समूह बी मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् ।

समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छन् । समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब छन् ।

च्याम्पियनसिपबाट महिलातर्फ शीर्ष ६ र पुरुषतर्फ ८ शीर्ष टोली एनभिए लिगका लागि छनोट हुनेछन् । प्रतियोगिताको दुवै तर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?