+
+

नेविसंघको असन्तुष्ट पक्षले देउवालाई भन्यो : अध्यक्षका कारण विद्रोह गर्नुपर्ने अवस्था आयो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १३:२४

५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर नेपाल विद्यार्थी संघको एउटा समूहले अध्यक्ष दुजाङ शेर्पाका कारण विद्रोह गर्नुपर्ने अवस्था आएको बताएको छ ।

सभापति देउवा निवास बूढानीलकण्ठमा उनलाई भेट्न सोमबार बिहान संस्थापनइतरका विद्यार्थी नेता कार्यकर्ता पुगेका थिए ।

संघका अध्यक्ष शेर्पाले बेइमानी र अन्यायका शृफ्ला कायम गरेकाले सङ्गठनमा वितृष्णा र विद्रोहको माहोल सिर्जना हुने अवस्था आएको जनाएका छन् ।

नेविसंघलाई महाधिवेशन उन्मुख हुने वातावरण तयार गरिदिन पार्टी सभापतिको ध्यानाकर्षण गराइएको केन्द्रीय सदस्य सुवास पौडेलले बताए ।

शनिबार थप गरिएका ४१ जना एकपक्षीय भएको भन्दै असन्तुष्ट पक्षले सभापति देउवासँग असन्तुष्टि जनाएको छ ।

संघको तदर्थ समिति ७५२ जनाको बनेको छ । थपिएको सूचीमा इमान्दार नेता कार्यकर्ताको नाम काटेर बेइमानी गरिएको पौडेलले बताए ।

केन्द्रीय कार्यालयमा अनशन बसेकाहरुलाई समेट्ने गरी पार्टी केन्द्रीय सदस्य राजीव ढुङ्गाना र पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलसँग सहमति गरेपनि तयसअनुसार नयाँ मनोनीत नभएको देउवालाई बुझाइएको विज्ञप्तिमा भनिएको छ ।

काठमाडौंसहित ८ जिल्लामा नेतृत्व चयन गर्दा संघका अध्यक्षले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्देशन उल्लङ्घन गरेको असन्तुष्ट पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?