+
+

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १०:४६

६ चैत, जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको भंगहा नगरपालिका-५ का ३५ वर्षीय कैलास साह छन् । उनी लोसपाका भंगहा- ५ का अध्यक्ष तथा निर्माण व्यवसायी हुन् ।

उनी सबार मधेश प्रदेश ०२-००७ प ४२६४ नम्बरको मोटरसाइकल सोमबार राति जनकपुर-ढल्केवर सडकखण्डअन्तर्गत मिथिला नगरपालिका ६ स्थित बसही खोलाको पुलमा दुर्घटना भएको थियो ।

जनकपुरतर्फ आउन लागेको बेला राति साढे १२ बजे दुर्घटना हुँदा गम्भीर घाइते उनलाई उपचारको लागि ढल्केवर स्वास्थ्यचौकी पश्चात प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो ।

उपचारको क्रममा राति करिब ३ बजे उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

उनका अनुसार मोटरसाइकमै सवार अन्य एक व्यक्ति मोटरसहित फरार छन् । फरार व्यक्तिको खोजी र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?