+
+

धनुषामा गहुँ खेतमा महिलाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते ११:५१
घटनास्थल ।

२ वैशाख, जनकपुरधाम । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको हंसपुर नगरपालिका-७ की ५५ वर्षीया शुभ देवी मण्डलको हत्या भएको हो ।

धनुषाकै सहिदनगर नगरपालिका-४ ननुपट्टी (माइती) गएकी उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् । उनको शव आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ खेतमा फेला परेको हो ।

मृतक मण्डलको शरीरको विभिन्न भागमा घाउचोट देखिएको छ । कसैले उनको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशंका छ ।

घटनास्थलको तालिम प्राप्त कुकुरबाट अनुसन्धानको लागि डग टोली आउन लागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

माइतमा एक जनाको मृत्यु भएकोले उनी गएकी थिइन् । साँझदेखि हराइरहेको उनको खोजतलासको क्रममा हत्या गरेको अवस्थामा शव फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?