+
+

अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न आयोगको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १६:०४

६ चैत, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न आग्रह गरेको छ ।

प्रहरीको कुटपीटबाट घाइते भएका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसी १ चैतदेखि अनशनमा छन् । आयोगले अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बताएको छ ।

केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भइ वार्ताको माध्यमबाट पीडितको माग सम्बोधन गर्न आयोगले सरकारसँग आग्रह गरेको छ ।

सहकारी पीडित बचतकताहरूले १ चैतमा काठमाडौंमा गरेको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गरी प्रदर्शनकारीलाई घाइते बनाएको भन्दै पीडितहरूले आयोगमा उजुरीसमेत दिएका छन् ।

आयोगले शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिक अधिकारको रक्षा गर्न आग्रहसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?