+
+

नदी किनारमा कपडा छाडेर बेपत्ता भएका पुरुष मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १७:१७

६ चैत, काठमाडौं । सिन्धुपाल्चोकस्थित ब्रम्हायणी नदी किनारमा कपडा छाडेर दुई दिनदेखि बेपत्ता भएका पुरुष मृत भेटिएका छन् ।

नदी किनारमा कपडा, मोबाइल, घडी छाडेर बेपत्ता भएका ५० वर्षीय वीरबहादुर विक मृत भेटिएका हुन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ कल्लेरीका विकको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले मंगलबार दिउँसो नदीबाट निकालेको छ । ४ चैतदेखि बेपत्ता भएका विकको खोजीका लागि सिनामंगलमा रहेको सशस्त्र प्रहरीको विपद् उद्धार गणको टोली परिचालन भएको थियो ।

७ जना गोताखोरसहित १६ जनाको फौजमा खटिएको टोलीले नदीको करिब २० फिट गहिराइबाट विकको शव निकालेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?