+
+

कोशी र मधेशमा पानी पर्‍यो, काठमाडौंमा पनि सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते ७:३८
जनकपुरधाममा आज बिहान पानी परेपछि छाता ओढेर हिँडिरहेका स्थानीय । फोटो : शैलेन्द्र महतो/अनलाइनखबर

७ चैत, काठमाडौं । अहिले देशभर बदली भएको छ । कोशी र मधेश प्रदेशका केही स्थानमा भने वर्षा पनि भएको छ । यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ । यो प्रभाव पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले आज पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रति प्रभावले कोशी र मधेशका अधिकांश स्थानमा हल्का खालको वर्षा भइरहेको जानकारी दिए । एक-दुई स्थानमा मध्यम खालको वर्षा पनि भइरहेको उनले बताए ।

अनलाइनखबरकर्मी शैलेन्द्र महतोका अनुसार मधेश प्रदेशको राजधानी जनकपुरधाममा अहिले बिहान सिमसिमे पानी परिरहेको छ ।

यसैगरी अर्का अनलाइनखबरकर्मी हरि अधिकारीका अनुसार कोशी प्रदेशको राजधानी विराटनगरमा धुलोमार्ने खालको मात्र पानी परेको छ ।

मौसमविद झाका अनुसार काठमाडौंमा पनि छिटपुट वर्षाको सम्भावना छ । ‘काठमाडौंमा आज र भोलि पनि छिटपुट वर्षा हुने सम्भावना छ,’ उनले भने ।

उनका अनुसार गण्डकीदेखि पश्चिमको भूभागमा भने तुलनात्मक रुपमा कम बदली छ । बदली पनि पहाडी क्षेत्रमा बढी र तराई क्षेत्रमा कम छ । बदली र वर्षा भएका स्थानमा जाडो महसुस पनि भइरहेको छ ।

यस्तो अवस्था भोलिसम्म कायम रहने मौसमविदको पूर्वानुमान छ । भोलिदेखि मौसममा सुधार हुँदै जाने मौसमविद झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?