+
+

बजारमा सूचीकृत सेयर संख्या ५ वर्षमा दोब्बर

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते ९:०७

७ चैत, काठमाडौं । करिब ५ वर्षको अवधिमा दोस्रो बजार नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत कुल सेयर संख्या दोब्बर भएको छ । एक्स्चेन्जको एक तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा कुल सूचीकृत सेयर संख्या ४ अर्ब २० करोड कित्ता रहेकोमा चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म आउँदा ८ अर्ब २० करोड कित्ता पुगेको छ ।

नयाँ कम्पनीहरु थपिनु, हकप्रद निष्कासन हुनु, बोनस सेयर वितरण हुनुले बजारमा सेयर संख्या बढ्न जान्छ । यहीं करिब ५ वर्षको अवधिमा सूचीकृत कम्पनीको संख्या २१५ बाट बढेर २७१ पुगेको छ ।

सेयर संख्या करिब दोब्बरले बढे पनि नेप्से परिसूचक भने करिब ८ सय अंक मात्रै बढेको छ । २०७५/७६ को असार मसान्तमा १२५९ अंकमा रहेको नेप्से फागुन मसान्तमा आउँदा २१०१ पुगे पनि अहिले २०६७ अंकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?