+
+

महाभारतका चर्चित पात्रमाथि ‘अश्वस्थामा’ बन्ने, शीर्ष भूमिकामा शाहिद कपुर

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १२:१५

काठमाडौं । शाहिद कपुरको शीर्ष भूमिका रहने फिल्म ‘अश्वस्थामा : द सागा कन्टिन्युज’ निर्माणको घोषणा भएको छ । मंगलबार बेलुका मुम्बईमा अमेजन प्राइम भिडियोले आयोजना गरेको ‘आर यू रेडी’ समारोहमा फिल्मबारे जानकारी दिइयो ।

हलमा रिलिज भएपछि यसलाई आफ्नो प्लाटफर्ममा स्ट्रिमिङ गर्ने घोषणा प्राइम भिडियोले गरेको छ । यो फिल्ममा शाहिदको शीर्ष भूमिका हुनेछ । पहिलोपटक कपुर पौराणिक कथावस्तुको फिल्ममा देखिन लागेका हुन् ।

यसअघि शाहिदले निर्माता बासु भगनानीसँग फिल्म बनाउन लागेको चर्चा थियो । अहिले आएर चर्चित ओटीटी प्लाटफर्मले इभेन्टमार्फत नै यो समाचारलाई औपचारिकता दिएको छ । पूजा इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बन्न लागेको हो ।

यो फिल्ममा शाहिदले महाभारतका चर्चित पात्र अश्वस्थामाको भूमिका निर्वाह गर्नेछन् । यो फिल्मलाई लिएर यसअघि विक्की कौशल हुने चर्चा थियो । त्यतिबेला पोस्टर पनि सार्वजनिक भइसकेको थियो । तर यतिबेला निर्माता भगनानीले शाहिदलाई लिएर सबैलाई सरप्राइज दिएका छन् ।

यो फिल्ममा ग्लोबल भीएफएक्सको टिमले काम गर्ने जनाइएको छ । शाहिदलाई फिल्मको नायकको भूमिकामा कास्ट गरिएको हो । यो चरित्रमा आफू प्रस्तुत हुन शाहिदले शारीरिक रुपमा पनि तयार हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?