+
+

‘नायक’को दोस्रो श्रृंखला बन्दै, अनिल कपुर दोहोरिएलान् ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १२:०७

काठमाडौं । बलिउड अभिनेता अनिल कपुरले करिअरमा केही यस्ता चरित्र निर्वाह गरे, जुन स्मरणीय छन् । सन् २००१ मा शंकर निर्देशित फिल्म ‘नायक’को पात्रलाई आज पनि आइकोनिक मानिन्छ ।

नेपालमा पनि विभिन्न राजनीतिक सन्दर्भमा यो फिल्मबारे नेताहरुले बोल्ने गरेको पाइन्छ । यो फिल्ममा अनिलले निर्वाह गरेको शिवाजी राव गायकवाडको चरित्रलाई अहिले पनि राजनीतिक अभिव्यक्तिको रुपमा लिइन्छ ।

यो फिल्मलाई लिएर नयाँ विकासक्रम छ, जसले ‘नायक’का फ्यान पक्कै पनि उत्साहित हुनेछन् । पिंकभिल्लाका अनुसार यो फिल्मको दोस्रो श्रृंखला ‘नायक २’ बन्ने भएको छ । ‘पठान’ फेम्ड निर्देशक सिद्धार्थ आनन्दले आफ्नो ब्यानरमा यो फिल्मको तयारी गरिरहेका छन् । उनले निर्देशनको जिम्मा मिलन लुथरियालाई सुम्पिएका छन् ।

लुथरियाले ‘कच्ची धागे’, ‘डर्टी पिक्चर’, ‘वान्स अपन अ टाइम इन मुम्बई’जस्ता फिल्म बनाएका छन् । फिल्मको लेखन रजत अरोडाले गर्नेछन् । उनले डर्टी पिक्चर र किकजस्ता फिल्म लेखेका छन् ।

‘नायक’ रिलिजको २४ वर्षपछि दोस्रो श्रृंखलाका लागि काम सुरु भएको हो । फिल्मको पुरानै कथा अघि बढ्ने सम्भावना कम रहेको बताइन्छ । धेरैलाई चासो हुनसक्छ– दोस्रो श्रृंखलामा पनि अनिल कपुरले अभिनय गर्लान् ?

सन् २०२४ को अन्त्यसम्म छायांकनमा जाने बताइएको दोस्रो श्रृंखलामा अनिलले निरन्तरता पाउँछन् कि पाउँदैनन्, यसबारे केही बताइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?