+
+

ढिला सूचना दिएपछि नेप्सेले रोक्यो मैलुङखोलाको सेयर कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १२:३३

८ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले मैलुङखोलाको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीले लाभांश सम्बन्धी सूचना ढिला जानकारी गराएपछि कारोबार स्थगन गरेको हो ।

बुधबार कम्पनीको सञ्चालक समिति बैठक बसेर सेयरधनीलाई २.२२११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । सो प्रस्तावबारेको सूचना बिहीबार कारोबार खुल्नुअघि नै नेप्से र लगानीकर्तालाई जानकारी गराउनुपर्नेमा कारोबार सुरु भइसकेपछि ११ः १७ बजे मात्रै जानकारी प्राप्त भएको नेप्सेले जनाएको छ ।

नेप्सेले कम्पनीलाई समयमै जानकारी दिन नसक्नुको कारणबारे ३ दिनभित्र जवाफ दिन भन्दै स्पष्टीकरण सोधेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?