+
+

मैलुङखोलाको सेयर कारोबार फुकुवा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते १८:३८

१२ चैत, काठमाडौं । नेप्सेले मैलुङखोला जलविद्युत् कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । यसअघि समयमै लाभांश सम्बन्धी सूचना नदिएपछि नेप्सेले स्पष्टीकरण सोध्दै कम्पनीको कारोबार रोक्का गरेको थियो ।

‘सोअनुसार कम्पनीले नेप्से नेप्सेसमक्ष नोट्समा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएका कारण समयमा जानकारी गराउन नसकिएकाले आगामी दिनमा सजग भई यस्तो गल्ती नदोहो¥याउने प्रतिवद्धता पत्रमार्फत व्यक्त गरेकाले उक्त कम्पनीलाई सचेत गराउँदै रोक्का रहेको धितोपत्रको कारोबार फुकुवा गरिएको छ’ नेप्सेले जारी सूचनामा भनेको छ ।

बुधबार कम्पनीको सञ्चालक समिति बैठक बसेर सेयरधनीलाई २ दशमलव २२११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । सो प्रस्तावबारेको सूचना बिहीबार कारोबार खुल्नुअघि नै नेप्से र लगानीकर्तालाई जानकारी गराउनुपर्नेमा कारोबार सुरु भइसकेपछि ११ : १७ बजे मात्रै जानकारी प्राप्त भएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?