+
+

लोसपा बैठक : बीआरआईको विरोध, भारतीय निर्णयको स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १४:३८
लोसपा अध्यक्ष महन्थ ठाकुर । फाइल फोटो

८ चैत, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नेपालको हितमा नभएको बताएको छ ।

चैत ६ र ७ गते महोत्तरीको बर्दिबासमा बसेको लोसपा केन्द्रीय कार्यसमितिको बैठकले बीआरआईको विरोध गरेको हो । बैठकपछि अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बीआरआई सम्झौता नेपालको हितमा नभएको पार्टीको ठहर छ ।’

चीनले अगाडि सारेको बीआरआईमा सहभागी हुन नेपालले सन् २०१७ मै हस्ताक्षर गरेको थियो, तर अहिलेसम्म कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको छैन ।

लोसपाले भारतसँग भएको विद्युत व्यापार सम्झौता अन्तर्गत १० हजार मेगावाट विद्युत बिक्री गर्ने सहमति नेपालको हितमा भएको भन्दै स्वागत गरेको छ । बैठकको निर्णयमा भनिएको छ– ‘मुलुकको पूर्वाधार विकासमा भारतले सहयोग गर्दै आएको रु ५ करोडलाई २० करोडसम्म सीमा तय गरिएको निर्णयलाई पनि यो बैठक स्वागत गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?