+
+

यसपटक पनि दलित समुदायबाट मन्त्री बन्छन् : ओली

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १७:३७

८ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारमा दलित समुदायका व्यक्ति पनि मन्त्री हुने बताएका छन् ।

एमाले समर्थित नेपाल उत्पीडित जातीय मुक्ति समाजले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले दलित समुदायकालाई मन्त्री बनाउनृ ठाउँ अझै बाँकी रहेको बताए ।

‘कहिले कहिले (दलित समुदायबाट) मन्त्री किन भएन भन्ने हुन्छ । यस पटक पनि मन्त्री हुन्छ । एउटा ठाउँ छ त्यहाँनिर । यस पटक पनि मन्त्री हुन्छ’, उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले धेरै जातजाति भएको देशमा कहिलेकाहीँ दलित समुदायबाट मन्त्री नहुन पनि सक्ने बताए ।

‘…सबै जाति, समुदायबाट, सबै सधैं नपर्न पनि सक्छन् । किनभने हामी १२५ जातजातिहरु छौं । सबैका आ आफ्नो फिलिङ छन् । त्यसकारण त्यो समयमा एकैचोटी सम्बोधन गर्न सकिदैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?