+
+

होली खेल्दा आँखाको सुरक्षा कसरी गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते ११:५८
फाइल तस्वीर

काठमाडौं । मुलुकको पहाडी क्षेत्रमा आज हर्षोल्लासपूर्वक फागुपर्व मनाइँदैछ । एकापसमा रंग लगाएर मनाइने होलीलाई आपसी भाइचारा र मित्रताको पर्व मानिन्छ । तराईका जिल्लामा भने भोलि (सोमबार) होली मनाइँदैछ ।

यद्यपि यो रमाइलो पर्व मनाउँदा स्वास्थ्यको भने ख्याल राख्नुपर्छ । रंग लगाउँदा आँखा र छालाको सुरक्षामा विशेष सावधानी अपनाउनुपर्छ । धेरैले होलीमा छालाको समस्यालाई लिएर चिन्ता लिने गर्छन् । तर छालासँगै आँखामा समेत जोखिम हुन्छ । आँखा हाम्रो शरीरको सबैभन्दा संवेदनशील अंग हो ।

यसको अर्थ यो रंगीन मौसममा रंगमाथि ब्रेक लगाउनुपर्छ भन्ने पनि होइन । आँखाको सुरक्षाको लागि कालो चस्मा लगाएर होली खेल्न चिकित्सकहरु सुझाउँछन् । सिधै आँखामा रंग पर्दा यसले गम्भीर संकट निम्त्याउन सक्छ ।

होलीको रंगीन माहोलमा खुसी भित्र्याउँदै आफ्नो शरीरलाई पनि हानि नपुर्‍याउन केही कुरा ध्यान दिनु जरुरी छ ।

– सबैभन्दा पहिले निश्चित रासायनिक रंगबाट सुरक्षित भए नभएकोमा निश्चित हुनुपर्छ । यी रंगहरू तपाईंको छाला र तपाईंको आँखाको लागि निकै हानिकारक हुनसक्छन् । त्यसैले तिनीहरूबाट टाढा राख्नु यो नै स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

– यदि तपाईं कसैलाई रंग लगाइरहनुभएको छ भने पहिले यकिन गर्नुहोस् कि तपाईंले कसैलाई जबर्जस्ती गर्नुहुन्न । किनकि यस्तो अवस्थामा रंग पनि आँखामा जान सक्छ ।

– यदि र रंग तपाईंको आँखामा गएको छ भने यसलाई बिल्कुल नराख्नुहोस् । किनभने त्यसो गर्दा तपाईंको आँखा खराब हुन सक्छ ।

– सर्वप्रथम आँखालाई सफा पानीले धुनुहोस् र आँखामा बारम्बार पानी छर्किनुहोस् ।

– सनग्लास प्रयोग गर्न नबिर्सनुहोस् । किनकि यसले तपाईंको आँखामा हुनसक्ने रंगबाट बचाउन मद्दत गर्छ ।

– यदि तपाईंको आँखा धेरै चिढचिढिएको छ वा तपाईंको आँखा रातो भएको छ भने तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।

बालबालिकालाई होलीमा जोखिम

होलीका लागि भनेर बालबालिकामा रंग र पानीको फोहोरालाई लिएर विशेष किसिमको उत्साह देखिन्छ । गल्ली-गल्लीमा बालबालिका रंग र लोलामा रमाइरहेका देखिन्छन् ।

होली बालबालिकाको लागि जति रोमाञ्चक छ, उति नै जोखिमपूर्ण पनि हुन्छ । किनकि रंगकै मामलामा भएको सानो असावधानीले पनि बालबालिकाको जीवनमा ठूलै समस्या निम्त्याउन सक्छ ।

त्यसैले, बालबालिकाको साथमा होलीको तयारी गर्दा उनीहरुलाई सुरक्षाबारे पनि सिकाउनुपर्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?