+
+

भव्य भीड खिचेपछि दीपेन्द्र : ‘राजनीतिक कथामा यत्तिको क्यानभास कमै हुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते १६:३३

काठमाडौं । दीपेन्द्र के खनाल यतिबेला सर्लाहीमा पोलिटिकल ड्रामा फिल्म ‘मेयर’ छायांकन गरिरहेका छन् । बागमती नगरपालिकाका मेयरको वास्तविक जीवनमा आधारित यो फिल्ममा खगेन्द्र लामिछानेको शीर्ष भूमिका छ ।

शनिबार फिल्मको एक भव्य  राजनीतिक कार्यक्रमको दृश्य छायांकन गरियो, जहाँ ११ हजार जनाभन्दा बढीको उपस्थिति रहेको निर्देशक तथा निर्माता समेत रहेका खनालले जनाए । प्राप्त तस्वीरमा पनि ‘क्राउड’माझ छायांकन भइरहेको दृश्य देख्न सकिन्छ ।

उक्त कार्यक्रममा खगेन्द्र र अर्विशा थापाले भाषण दिए । भीडको बीचमा वर्षा राउत पनि उभिएको देख्न सकिन्छ । ‘दिलखुस हुने ढंगले खिचियो । पोल्टिकल ड्रामालाई चाहिने क्यानभास मजाले खिचिएको छ,’ खनालले भने, ‘नेपाली फिल्ममा यत्तिको क्यानभास कमै देख्न पाइन्छ ।’

स्थानीय नेताको कथावस्तुमा आधारित भएकाले पनि भीड जम्मा गर्न सजिलो भएको दीपेन्द्रले बताए । ‘विषय नै यहींको मान्छेको हो । जुन विषयमा फिल्म बनेको छ, उहाँहरुलाई निकै चासो देखिएको छ,’ उनी भन्छन्, ‘पोल्टिकल डामा जोडिने बित्तिकै जनता जोडिन्छ । जनता जोडिने बित्तिकै मास जोडिन्छ । मजाले खिच्न पाइएको छ ।’

अझै एक महिना यो फिल्मको छायांकन चल्ने जनाइएको छ । सुशासन र पर्यटन क्षेत्रमा गरेको कामबाट प्रशंसा पाइरहेका नगरपालिकाका मेयर भरतकुमार थापामाथि फिल्म बनिरहेको हो ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?