+
+

अपडेट : अछाम ट्याक्टर दुर्घटनामा ५ जनाको मृत्यु

रासस रासस
२०८० चैत १२ गते ११:२१
Photo Credit : रासस

१२ चैत, अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा सोमबार बिहान भएको दुर्घटनामा ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए ।

षोडशाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१ ००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको थियो ।

दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएकाे प्रहरी निरीक्षक साउदले बताए । मृतक र घाइते एउटै वडाका बासिन्दा हुन् । घाइते तीनै जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?