+
+

कमला–ढल्केबर–बागमती सडक विस्तार गर्न ठेक्का आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते १९:५९

१२ चैत, काठमाडौं । महेन्द्र राजमार्ग अन्तर्गत कमला–ढल्केबर–बागमती सडक खण्ड स्तरोन्नतिका लागि ठेक्का आह्वान भएको छ ।

सडक विभागले सोमबार बोलपत्र आह्वान गर्दै यस खण्डको विस्तारका लागि ठेक्का निकालेको हो ।

सडक विभागका महानिर्देशक सुशील बाबु ढकालका अनुसार यो खण्डको कुल ७७ किलोमिटर सडक बिस्तार र स्तरोन्नतिका लागि सोमबार ठेक्का आह्वान भएको हो ।

महेन्द्र राजमार्गलाई सरकारले ४ लेनमा विस्तार गरिरहेको छ । सोही अन्तर्गत महेन्द्र राजमार्गको चेनेज २३८ प्लस ०३० देखि ३१२ प्लस ७८५ सम्मका लागि ठेक्का आह्वान भएको हो । यो सडक विश्व बैंकको सहयोगमा स्तरोन्नती गरिँदैछ ।

विभागले कमला–थपलैयासम्मको सडक खण्डको स्तरोन्नतिको तयारी गरेको भए पनि बागमती–पथलैया खण्डको ठेक्काको मोडालिटी तय नभएका कारण केही समय पर सरेको महानिर्देशक ढकालले वानकारी दिए ।

महेन्द्र राजमार्गको स्तरोन्नतिका लागि अहिले विभिन्न खण्डमा काम भइरहेको छ । जसमध्ये बुटवल–चनौटा खण्डको ठेक्का व्यवस्थापनको काम अन्तिम चरणमा रहेको छ । बुटवल–नारायणगढ सडक खण्डको काम सुस्त गतिमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?