
१३ चैत, जनकपुरधाम । जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठाकी ३६ वर्षीया गौरी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
उनलाई आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई-रिक्साको तार छुटाउने क्रममा करेन्ट लागेको थियो ।
उपचारको लागि न्यूरो हस्पिटलमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको डिएसपी अवाले बताए ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4