+
+

‘महाजात्रा’ हेरेपछि ओलीको टिप्पणी : बिग्रेका नेता सप्रिन सजिलो छैन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १२:२३

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार बेलुका सुन्धारास्थित सीडीसी सिनेमाजमा फिल्म ‘महाजात्रा’ हेरेका छन् । पूरै समय बिताएर फिल्म हेरेका उनले फिल्मको प्रशंसा गर्दै आफूलाई मनोरञ्जक लागेको बताए ।

फिल्मको कथाले मान्छेलाई सप्रिन प्रेरणा दिने ओलीको भनाइ छ । ‘यसले विभिन्न नेतालाई विभिन्न सन्देश दिन्छ । जस्तो नेता, त्यस्तै सन्देश’ कलाकार हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँको छेउमा उभिएका ओलीले भने ।

उनले फिल्म र राजनीतिलाई मिसाएर हेर्न नहुने बताए । ‘फिल्ममा अभिनय हुन्छ, राजनीति अभिनय होइन । फिल्म फिक्सन मात्र हुन्छ । राजनीति कथामा होइन, यथार्थमा चल्छ र चल्नुपर्छ,’ उनले भने ।

ओलीले फिल्ममा चित्रण गरिएजस्तै सुपात्र र कुपात्र पनि हुनसक्ने बताए । ‘तर सबैलाई एउटै डालोमा हेर्नुहुँदैन,’ उनले भने, ‘बिग्रेको नेता सप्रिन सजिलो छैन ।’

ओलीले यो फिल्मलाई रेटिङ समेत दिए । ‘फिल्मलाई १० मा १० त दिन्न । किनभने पुण्यप्रसादलाई ०.५ प्रतिशत डाउट राख्नुपर्छ । उनले सन्तान मोहका कारण बयान उलटफेर गरिदिन सक्छन् । त्यहाँ सस्पेन्स राखिएको छ,’ ओलीले भने ।

फिल्म हेर्न ओली रघुजी पन्त, कोमल ओली लगायतका नेतासँग हलमा पुगेका थिए ।

आइतबार गृहमन्त्री रवि लामिछानेले पनि फिल्म हेरेका थिए । उनले राजनीतिज्ञको रुपमा आफूलाई फिल्मले ऊर्जा दिएको बताएका थिए । शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्ममा हरिवंशले पुण्यप्रसाद नामक एक भ्रष्ट नेताको भूमिका निर्वाह गरेका छन् । फिल्मलाई प्रदीप भट्टराईले निर्देशन र म्याक्स दीपेश खत्रीले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?