+
+

गौतमश्री सहकारी समस्याग्रस्त घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते २०:२६

१३ चैत, काठमाडौं । गौतमश्री बहुउद्देशीय सहकारी संस्था समस्याग्रस्त घोषण भएको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले १३ चैत मंगलबार सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

गौतमश्री सहकारी संस्थाले सहकारी एने, नियम, मूल्य र मान्यता विपरीत कार्य गरी बचकर्ता सदस्यको बचत फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन अनुसार समस्याग्रस्त घोषणा भएको मन्त्रालयले जनाएको छ ।

‘सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ,’ विज्ञप्प्तीमा भनिएको छ ।

डेढ वर्षअगाडि नै गौतमश्रीलाई सहकारी विभागले समस्याग्रस्त घोषणा गर्न सिफारिस गरे पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आंशिक रूपमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । राजनीतिक संरक्षणमा सहकारीलाई समस्याग्रस्त हुनबाट बचाइएको थियो ।

सहकारी विभागमा सहकारी संस्थाका सेयर सदस्य बचतकर्ताले बचत फिर्ता नपाएको भन्दै उजुरी गरेपछि १९ साउन २०७९ मा विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफरिस गरेको थियो । तर, सहकारी मन्त्रालयले संस्थालाई समस्याग्रस्त घोषणा गर्नेभन्दा पनि पुनः अध्ययन गर्नू भन्दै विभागमा फिर्ता पठाएको थियो ।

विभागले संस्था सञ्चालन गरेर बचतकर्ताको दायित्व फिर्ता गर्न नसक्ने देखिएकाले समस्याग्रस्त घोषणा गर्नुपर्ने भन्दै पुनः दोस्रोपटक पनि मन्त्रालयमा सिफारिस गरेको थियो । तर, मन्त्रालयले समस्याग्रस्त घोषणा गर्नुको साटो आंशिक सञ्चालनको अनुमति प्रदान गर्‍यो ।

राजनीतिक प्रभावमा मन्त्रालयबाट पाएको ‘क्लिन चिट’ लाई उनले बचतकर्तामाथि थप ठगी गर्ने प्रयोजनमा प्रयोग गरेका थिएन । जुन समाचार अनलाइाखबले प्रकाशित गरेको थियो ।

सहकारीको समस्या समाधान गर्न पाएको १ वर्षका समय सहकारीका अध्यक्ष रामबहादुर गौतमले जग्गा दलालीमा प्रयोग गरे । पहुँच नभएका र बचत फसेका जनतालाई गौतमले बैना मात्रै गरेको जग्गा चलन चल्तीको मूल्यभन्दा तीन गुणा महँगोमा बेचे ।

आफूले बचतकर्तालाई जग्गा बेचेर बचत रकम मिलान गरेको स्वयं गौतम स्वीकार गर्छन् । एक वर्ष अवधिमा बचतकर्ताको १ अर्ब ३२ करोड रुपैयाँ ‘सेटलमेन्ट’ भएको उनले दाबी गरे, जसमध्ये ७० करोडभन्दा रुपैयाँ बचतकर्तालाई महँगोमा जग्गा भिडाएर सेटलमेन्ट गरेको उनले सहकारी विभागमा पेस गरेको दस्तावेजबाट स्पष्ट हुन्छ ।

४ अर्ब ९० करोडको बचत दायित्व भएके सहकारीको १ अर्ब ३२ करोड रुपैयाँ महँगाको जग्गा भिडाउन बचकर्तालाई सेटल गरेका छन् । अझै ३ अर्ब ६० करोड भन्दा बढी दायित्व सहकारीको रहेको छ ।

‘करिब एक दशकदेखि जग्गाको काम पनि गर्दै आएको थिएँ । सहकारीमा समस्या आउँदा पनि केही जग्गा बैना गरेको थिएँ,’ अनलाइनखबरसागा गौतमले भनेका थिए, ‘चितवन र सर्लाहीमा हाम्रो आफ्नै प्लानिङ र सुनसरीको इनरुवामा अर्कै प्लानिङमा सहकार्य गरेर बचतकर्ताका रकम सेटलमेन्ट गरेको हो ।’

सुनसरी इनरुवा, सर्लाही हरिवन र चितवन भरतपुर महानगरपालिका, जगतपुरको जग्गा बचतकर्तालाई पैसा थप गर्न लगाएर बेचिरहेका छन् ।

गौतमले बचतकर्तालाई ५ सय ७० टुक्रा घडेरी पछिल्लो एक वर्षमा बिक्री गरेका थिए । गौतमले सर्लाही हरिवन नगरपालिका–३ डाबरीमा मात्रै १० धुरका करिब ३ सय टुक्रा जग्गा बचतकर्तालाई पैसा थप्न लगाएर सेटलमेन्ट गरेको बताउँछन् ।

गौतमको नाममा रहेको सम्पत्ति र सहकारीको कर्जाबाट टाढाबाठा बचकर्ताले आफ्नो बचत फिर्ता दिने र मजदुर तथा साना बचकर्ताको बिचल्ली हुने देखिपछि अनलाइखबरले यसको फलोअप समाचार लेखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?