+
+

आईजीपीको स्पष्टीकरण : अनुसन्धानमा सहयोग नगर्ने देखेपछि महरालाई पक्राउ गर्‍यौं

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १४:०१

१४ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले अनुसन्धानमा सहयोग नगर्न सक्ने आशंकामा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको स्पष्टीकरण दिएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा आईजीपी कुँवरले सुन तस्करीबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको बताए ।

महरा भाग्न खोजेकाले पक्राउ गरेको हो भन्ने सांसदहरुको प्रश्नतर्फ संकेत गर्दै उनले भने, ‘म त्यो शब्द त प्रयोग गर्दिन, तर उहाँले सहयोग नगर्ने हो कि भन्ने आभास भयो ।’

नेता महरा निजी सुरक्षाकर्मी र गाडी छाडेर हिँडेपछि प्रहरीले पक्राउ गरेको उनले बताए । ‘यो सुरुदेखि नै अनुसन्धानमा आएको विषय थियो, आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा संवेदनशील बन्यौं, कानूनी दायरामा ल्यााउनुपर्छ भन्ने हिसाबमा गयौं’, उनले भने, ‘त्यसक्रममा गाडी छाडेर हिँड्नुभएपछि ल्याएका हौं ।’

प्रहरीले महरालाई ५ चैतमा कपिलवस्तुको सीमा क्षेत्र नजिक पकडीबाट पक्राउ गरेको थियो । त्यसबेला महरा रोल्पास्थित घर जाने भन्दै काठमाडौंबाट हिँडेका थिए ।

यसको ५ दिनमा महरालाई स्वास्थ्य अवस्था लगायतलाई कारण देखाउँदै सरकारी वकिलले हाजिरी जमानतमा छाडेको थियो ।

महानिरीक्षक कुँवरले पनि अस्पतालमै राखेर कारबाही अघि बढाउनु भनेकाले अस्पतालमा राखिएको बताए ।

‘पछिल्लो अवस्थामा हिरासतमा बस्दा बस्दै अर्को घटना हुनसक्ला भन्ने हिसाबले पनि बाहिर राखेर अनुसन्धान गर्‍यौं, यसमा कुनै दबाब प्रभाव हुँदै होइन’, उनले भने, ‘तथ्यका आधारमा अनुसन्धान गर्छौं । प्रभाव दबाबको आधारमा होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?