+
+

सुनकोशीमा बेपत्ता भएका थप २ बालबालिकाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १५:५४

१३ चैत, काठमाडौं । सुनकोशीमा बेपत्ता भएका थप २ जना बालबालिकाको शव भेटिएको छ ।

धाप्लाङ घाटभन्दा केही करिब १ किलोमिटर तल थप ८ वर्षीय चोकलचन्द्र मगर र ११ वर्षीया रेखा मगरको शव उत्रिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरीको बराह बाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलले बताए ।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । मंगलबार ९ वर्षीय रिदम मगरको शव फेला भेटिएको थियो ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ स्थित धाप्लाङमा आइतबार होली मनाएर पौडी खेल्न गएका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?