+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

अनाथ बालबालिकालाई निःशुल्क संगीत कक्षा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ८ गते १९:५४

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएसँगै संगीत अनुसन्धान तथा विकास मंचले नक्सालस्थित बाल आश्रमका बालबालिकाको लागि संगीत अध्ययनको कक्षा थालेको छ ।

अहिले आश्रित २० जना बालबालिकाले निःशुल्क संगीत सिकिरहेको संस्थाका अध्यक्ष तथा गायक, संगीतकार ओम सुनारले बताए । बालबालिकाले गिटार, मादल, किबोर्डजस्ता वाद्यवादन र गायन कला सिकिरहेका छन् ।

साताको एक दिन संस्थाका पदाधिकारीले संगीत सिकाइरहेका छन् । अघिल्लो वर्ष पनि संस्थाले बाल आश्रमका विद्यार्थीलाई निःशुल्क संगीत सिकाएको थियो ।

सिक्दै गरेका बालबालिकालाई संगीतका सामग्री जरुरी भएकाले मनकारीलाई सघाउन आग्रह गरिएको छ । अर्को वर्षदेखि अन्य अनाथ आश्रममा पनि संगीतको कक्षा थालिने भएको छ ।

उक्त गैरनाफामूलक संस्थाले नेपाली मौलिक लोकगीत संगीतको अध्ययन अनुसन्धान गर्ने, अनाथ, अपांग, दृष्टिविहिन र वृद्धवृद्धा, कैदीबन्दीलई संगीत शिक्षा र तालिम दिने, गाउँघरमा लुकेका प्रतिभालाई स्थान दिने उद्देश्य लिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?