+
+

अनाथ बालबालिकालाई निःशुल्क संगीत कक्षा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ८ गते १९:५४

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएसँगै संगीत अनुसन्धान तथा विकास मंचले नक्सालस्थित बाल आश्रमका बालबालिकाको लागि संगीत अध्ययनको कक्षा थालेको छ ।

अहिले आश्रित २० जना बालबालिकाले निःशुल्क संगीत सिकिरहेको संस्थाका अध्यक्ष तथा गायक, संगीतकार ओम सुनारले बताए । बालबालिकाले गिटार, मादल, किबोर्डजस्ता वाद्यवादन र गायन कला सिकिरहेका छन् ।

साताको एक दिन संस्थाका पदाधिकारीले संगीत सिकाइरहेका छन् । अघिल्लो वर्ष पनि संस्थाले बाल आश्रमका विद्यार्थीलाई निःशुल्क संगीत सिकाएको थियो ।

सिक्दै गरेका बालबालिकालाई संगीतका सामग्री जरुरी भएकाले मनकारीलाई सघाउन आग्रह गरिएको छ । अर्को वर्षदेखि अन्य अनाथ आश्रममा पनि संगीतको कक्षा थालिने भएको छ ।

उक्त गैरनाफामूलक संस्थाले नेपाली मौलिक लोकगीत संगीतको अध्ययन अनुसन्धान गर्ने, अनाथ, अपांग, दृष्टिविहिन र वृद्धवृद्धा, कैदीबन्दीलई संगीत शिक्षा र तालिम दिने, गाउँघरमा लुकेका प्रतिभालाई स्थान दिने उद्देश्य लिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?