News Summary
Generated by OK AI. Editorially reviewed.- नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट १५ कात्तिकदेखि सडक उपभोग दस्तुर उठाइने भएको छ।
- आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारी वर्गअनुसार शुल्क तोकेको छ।
- कार, भ्यान, पिकअप, ट्याक्टर र माइक्रोबसका लागि काठमाडौँ प्रवेशमा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्नेछ।
१२ कात्तिक, काठमाडौं । आगामी १५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने भएको छ ।
नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले एक सार्वजनिक सूचना जारी गर्दै सडक उपभोग दस्तुर बापत शुल्क लिने जानकारी गराएको हो।
सडक बोर्ड नेपालको कार्यकारी समितिको १२ असोजको निर्णय तथा नेपाल राजपत्रमा २६ चैत २०८२ मा प्रकाशित सूचनाअनुसार सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्ग अनुसार शुल्क लिने व्यवस्था गरिएको हो।
जारी सूचना अनुसार वर्ग १ अर्थात कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारी साधन काठमाडौँ प्रवेश गर्दा ६५ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्ने छ ।
यसैगरी वर्ग २ अर्थात मिनी बस, मिनी टिपर/ट्रक काठमाडौँ प्रवेश गर्दा ११५ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ शुल्क लाग्नेछ।
यसैगरी वर्ग ३ अर्थात बस, ट्रक काठमाडौँ प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।
वर्ग ४ अर्थात मल्टी एक्सल ट्रक/सवारी साधन, भारी उपकरण काठमाडौँ प्रवेश गर्दा ६०० र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने छ ।
हेर्नुहोस् सूचना :

प्रतिक्रिया 4