+
+

पूर्व डीआईजी रमेश खरेलले त्यागे रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १५:५९

१४ चैत, काठमाडौं । पूर्व डीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन् । आफूले बुधबार मात्र पार्टीमा राजीनामा बुझाएको खरेलले जानकारी दिए ।

आम चुनाव २०७९ मा काठमाडौं–१ मा चुनाव लडेका उनी गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा जोडिएका थिए । खरेल रास्वपाबाट बारा–२ मा उपचुनाव लडेका थिए, तर जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित भए ।

चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएका थिए ।

यसलाई लिएर रास्वपाले स्पष्टीकरण सोधेको थियो । ‘उहाँहरूले स्पष्टीकरण सोध्नुभएको थियो, मैले राजीनामा दिएको छु’ खरेलले अनलाइनखबरसँग टेलिफोनमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?