+
+

मेडिकल फोहोर व्यवस्थापन गर्न महानगरले गर्‍यो मनमोहन मेमोरियलसँग सहमति  

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १८:१६

१३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले मेडिकल फोहोर व्यवस्थापन गर्न मनमोहन मेमोरियल मेडिकल कलेजसँग सहमति गरेको छ ।

महानगरले स्वास्थ्य संस्थाबाट उत्पादन हुने हानिकारक फोहोरलाई सामान्य फोहोरमा रुपान्तरण गर्न मनमोहनबीच सहकार्य गर्ने भएको हो ।

कलेज पदाधिकारीसँग बसेको बैठकले कलेजको जग्गामा एकीकृत प्लान्ट स्थापना गर्ने, यसका लागि आवश्यक साधन तथा उपकरणका लागि महानगरबाट सहयोग हुने र यसबाट एकीकृत केन्द्र सञ्चालन सहकार्य गर्ने सहमति भएको महानगर उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।

सहमतिका आधारमा स्थलगत अवलोकन गर्ने, डिजाइन र लागत इस्टिमेट तयार पार्ने एवम् सहभागिता र सञ्चालन विधि तयार पारेर सम्झौता हुनेछ ।

‘महानगरले स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरिरहेको छ । यी केन्द्रहरुबाट उत्पादन हुने हानिकारक फोहोर प्रशोधन गर्ने केन्द्रका लागि सहकार्य गर्न थालेका हौं । यसलाई नमूना बनाएर स्वास्थ्य संस्थाहरुकै बीच सहकार्य एकीकृत प्रशोधन केन्द्र स्थापना गर्न सकिन्छ’ डंगोलले भनिन् ।

अस्पतालबाट उत्पादन हुने सबै फोहोर हानिकारक नहुने भन्दै स्रोतमै वर्गीकरण गरेर जोखिमयुक्त फोहोरलाई जोखिममुक्त बनाउन सबै स्वास्थ्य संस्थाले काम गर्नुपर्ने उनले बताइन् ।

बैठकमा अस्पतालका अध्यक्ष डा. वंशीधर मिश्रले अस्पताल परिसर स्वयम्भूमा आन्तरिक प्रयोजनका लागि प्रशोधन प्लान्ट स्थापना गर्न लागिएको बताए ।

‘प्राविधिक रुपमा उपयुक्त भए यही ठाउँमा नभए अस्पतालको नाममा रहेको अन्य जमिनमा भए पनि सहकार्यबाट एकीकृत केन्द्र बनाउन तयार रहेको मिश्रले बताए ।

महानगरको वातावरण व्यवस्थापन विभागले अहिलेसम्म ५० वटा अस्पतालको फोहोर व्यवस्थापनको अनुगमन गरिरहेको उनले बताए ।

महानगरले अनुगमनको क्रममा मिश्रित फोहोर भएका र निर्मलीकरण अभ्यासमा कमजोरी भेटिएका २० वटा अस्पतालको फोहोर रोकिएको थियो । यसरी फोहोर रोकिएकामध्ये पनि १८ वटाको पुनः अनुगमन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?