+
+

नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १६:१६

१५ चैत, काठमाडौं । नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी कर्मचारीलाई दरबन्दीमा फिर्ता गरिएको छ ।

१० चैत २०७९ देखि ३० फागुन २०८० सम्मको अवधिमा नियम विपरीत काजमा खटिएका ८७७ जनालाई दरबन्दीमा फिर्ता गरिएको हो ।

वसन्तबहादुर कुँवर प्रहरी महानिरीक्षक भएपछि अनावश्यक काजलाई रोक्न भन्दै नियम विपरीत काजमा बसेको पाइएमा दरबन्दीमा फिर्ता गर्न सबै प्रहरी कार्यालयलाई परिपत्र गरिएको थियो ।

उक्त समयदेखि अहिलेसम्म नियम विपरीत काजमा खटिएका प्रहरी कर्मचारीको काज रद्द गरी दरबन्दीमै फिर्ता गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए । संगठन र व्यक्तिको लागि अति आवश्यक बाहेकको हकमा अहिले काज नगर्ने हेडक्वाटरको नीति रहेको प्रवक्ता ढकालको भनाइ छ ।

त्यस्तै पछिल्लो १ वर्षमा ४ हजार ३४ प्रहरी कर्मचारीको बढुवा गरिएको छ । ३० हजार ६६२ प्रहरीको सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?