+
+

हरिप्रसाद लम्साल सचिवमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १८:३२

१५ चैत, काठमाडौं । प्रशासनतर्फको विशिष्ट श्रेणीको रिक्त सचिव पदमा डा. हरिप्रसाद लम्साल बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षाका  ‘क्याडर’का रुपमा चिनिएका लम्साललाई सचिवमा बढुवा गरेको हो ।

बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस भएको थियो । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी अध्यक्ष रहेको सचिव बढुवा सिफारिस समितिले सहसचिवहरु डा. हरिप्रसाद लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौड्यालको नाम सिफारिस गरेको थियो ।

तीन जनामध्येबाट १ नम्बरमा सिफारिस भएका लम्साललाई सचिवमा बढुवा गरिएको हो । उनी २३ कात्तिकयता सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा कायममुकायम प्रमुख सचिवका रुपमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?