+
+

काठमाडौंको कपनबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १६ गते ११:०४

१६ चैत, काठमाडौं । काठमाडौंको कपन सरस्वतीनगरबाट एक व्यक्ति कटुवा पेस्तोलसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ९ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ६ सरस्वतीनगर बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बु छन् ।

पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरुको खोजतालस गर्ने क्रममा शंकास्पद गतिविधिहरु गरेको सूचनाको आधारमा उनको घरमा प्रहरीले खानतलासी गरेको थियो ।

सोही क्रममा लिम्बुको घरबाट कटुवा पेस्तोल एक थान, धारिलो चक्कु एकथान, फलामको हम्बर एक थान र मोबाइल दुई थानसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?