+
+
फ्राइडे रिलिज :

हलमा हलिउड फिल्म ‘गोडजिला भर्सेस कङ’ र बलिउडको ‘क्रू’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १६ गते ११:२५

काठमाडौं । शुक्रबार नेपालका हलमा दुई नयाँ विदेशी फिल्म रिलिज भएका छन् । जसमा हलिउडको ‘गोडजिला भर्सेस कङ : द न्यु अम्पायर’ र बलिउडको ‘क्रू’ छन् । नेपाली भाषाको एनिमेटेड ‘सलिना : योद्धा राजकुमारी’ले अन्तिम समयमा रिलिज स्थगन गरेको थियो ।

‘गोडजिला भर्सेस कङ : द न्यु अम्पायर’ गोडजिल्ला फ्रेन्चाइजीको ३८ औं र किङ कङको १३ औं श्रृंखला हो । एडम विंग्वड निर्देशित फिल्ममा कङले खोक्रो पृथ्वीमा थुप्रै नयाँ प्रजाति भेट्छ । उनीहरुको अत्याचारी शासक र जलवायु परिवर्तन गर्न सक्ने टाइटनलाई हराउन कङ पात्रले गोडजिलासँग एकता गर्नुपर्छ ।

११५ मिनेट लामो यो फिल्मलाई एक्सन–एड्भेन्चर जनरामा राखिएको छ । रेबेका हल, ड्यान स्टिभन्स र रचेल हाउस भ्वाइस एक्टरको रुपमा छन् ।

‘क्रू’ बलिउड कमेडी–ड्रामा हो । तब्बु, करिना कपुर र कृति सेनन स्टारर यो फिल्मलाई राजेश कृष्णनले निर्देशन गरेका हुन् । यी तीनले विमान परिचारिकाको भूमिका निर्वाह गरेका छन् । उनीहरु कार्यरत एयरलायन्सले लामो समयदेखि तलब दिएको हुँदैन । यही सन्दर्भमा विमानमा एक यात्रुले खसालेको सुनको बिस्कुट यी तीनले फेला पार्छन् । त्यसपछि कथाले नयाँ मोड लिन्छ ।

१२४ मिनेट लामो यो फिल्मलाई समीक्षकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

महाजात्रा’ दोस्रो सातामा

पहिलो साता राम्रो कमाइ गरेको षट्कोण आर्ट्सको ‘महाजात्रा’ शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । नयाँ र ठूला विदेशी फिल्म रिलिज भएको सन्दर्भमा महाजात्राका लागि दोस्रो साता चुनौतीपूर्ण हुने देखिन्छ ।

आपतकालीन रुपमा आइलाग्ने पैसा व्यवस्थापनको कथा प्रस्तुत गर्ने यो फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, हरिवंश आचार्य र वर्षा राउतको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?