+
+

‘क्रू’ भारतीय बक्स अफिसमा सुपरहिट, तीन दिनमै मुनाफाको दौड

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १२:४६

काठमाडौं । यामी गौतमको ‘आर्टिकल ३७०’ पछि तब्बु, करिना कपुर र कृति सेनन अभिनित फिल्म ‘क्रू’को कमाइले भारतीय बक्स अफिसमा अभिनेतालाई कडा टक्कर दिन सक्छन् भन्ने प्रमाणित गरेको छ ।

कम लागतमा बनेको यो फिल्मले लगानीभन्दा धेरै कमाइसकेको छ । प्रदर्शनको चौथो दिनमै ‘क्रू’ भारतमा ५० करोड कमाउने दिशातर्फ अघि बढेको छ । फिल्मले चार दिनमा ३४ करोड भारु कमाएको जनाइएको छ ।

शुक्रबार १०.२८ करोड भारु, शनिबार १०.८७ करोड, आइतबार ११.४५ करोड भारु र सोमबार ४.५० करोड कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आगामी सप्ताहन्तमा फिल्मले अझै उत्कृष्ट कमाउन सक्ने अपेक्षा गरिएको छ ।

आइतबार कलेक्सनमा ५० प्रतिशतको कमी आएपनि यो स्वभाविक हो । अप्रिल १ मा भारतभर अकुपेन्सी १५.३० प्रतिशत थियो ।

यो फिल्मको विश्वव्यापी कलेक्सन ६० करोड नाघेको छ । यसले तीन दिनमा ५७.४० करोड भारु कलेक्सन गरेको छ । विदेशमा तीन दिनमा करिब २४ करोड भारु कमायो । करिब ५५ करोड भारु बजेटमा बनेको यो फिल्म २५ सय हलमा रिलिज भएको थियो ।

भारतीय बक्स अफिसमा पछिल्लो साता हलिउडको ‘गडजिला भर्सेस कङ’ले चुनौती दिंदा पनि ‘क्रू’को कमाइ राम्रो हो ।

राजेश एक कृष्णन निर्देशित ‘क्रू’ले तीन विमान परिचारिकाको कथा भन्छ । लामो समयदेखि तलब नपाएको र एयरलाइन्स नै टाट पल्टिने स्थितिमा जहाजमा सुनको बिस्कुट फेला पारेपछि उत्पन्न हुने परिस्थितिको कथावस्तुमा फिल्म घुमेको छ ।

हलिउडको ‘गडजिला भर्सेस कङ’ले भारतीय बक्स अफिसमा पहिलो तीन दिनमा ३७.६० करोड भारु कमाएको छ । चौथो सप्ताहन्तसम्म ‘शैतान’को कलेक्सन १४२.०६ करोड भारु छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?