१५ असोज, काठमाडौं । हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिले आफ्नो कार्यविधि पारित गरेको छ ।
सिंहदरबारमा बिहीबार बेसको समिति बैठकले सदस्यहरुले राखेको सुझावका आधारमा कार्यविधिलाई परिमार्जनसहित पारित गरिएको समिति सभापति गणेश पराजुलीले जानकारी दिए । त्यस्तै समितिको टीओआरमाथि अर्को बैठकमा छलफल गरेर पारित गरिने उनले बताए ।
त्यस्तै, उहाले प्रतिनिधि सभामा रहेका विभिन्न क्षेत्रका विषयगत विज्ञ सांसदहरुलाई आमन्त्रित सदस्यको रूपमा सहभागि गराउन प्रस्ताव गर्दै आ–आफ्नो दलबाट सम्बन्धित विषयका विशेषज्ञ सांसदहरुको नाम प्रस्ताव गरी ल्याउन आग्रह गरे ।
सबैलाई समेट्दा सांसदहरूको अपनत्व महसुस हुने र उनीहरूको विज्ञताको सही उपयोग गर्न सकिने विश्वास लिइएको सभापति पराजुलीले बताए ।
समितिको अर्को बैठक शुक्रबार ३ बजे बस्नेगरी तय भएको छ ।
प्रतिक्रिया 4