+
+
Shares

विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक राष्ट्रिय सभामा टेबुल

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १८:५०

१५ असोज, काठमाडौं । राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा पठाइएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ राष्ट्रिय सभा टेबुल भएको छ ।

प्रतिनिधि सभाको बैठकले उक्त विधेयकमाथि छलफल गरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित संशोधनसहित पारित गरेपछि प्रक्रियागत रूपमा पुन: राष्ट्रिय सभामा फिर्ता पठाइएको हो ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा उक्त विधेयक प्राप्त भएको सन्देश औपचारिक रूपमा पेश गरिएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १२३ को उपनियम १ बमोजिम विधेयक फिर्ता पठाइएको सन्देश सभासमक्ष जानकारी गराइएको हो ।

प्रतिनिधि सभाले गत असोज १४ गतेको बैठकबाट यो विधेयकलाई समितिको प्रतिवेदनका आधारमा संशोधन गर्दै पारित गरेको थियो । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने विषयलाई प्राथमिकताका साथ हेरिएको छ ।

अब राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट आएका संशोधनहरूमाथि आवश्यक प्रक्रिया पूरा गरी अगाडि बढाउनेछ । संघीय संसदको दुवै सदनबाट पारित भएपछि उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?