काठमाडौं । सञ्चारकर्मी एवम् साहित्यकार दिपक समीरको कथा ‘आहत उजेलीहरू’ मञ्चन हुने भएको छ । कथा वाचन गर्दै संगीत र अभिनयका साथ यही असोज १८ गते साँझ ५ बजे बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गर्न लागिएको समीरले जानकारी दिए ।
कथा वाचन लेखक समीरले गर्नेछन् भने कला निर्देशक सुमन सागरजंग केसीको नेतृत्वमा कलाकारहरूले मञ्चमा मौन अभिनय गर्नेछन् । वाचन र अभिनयलाई अझ सशक्त एवम् जीवन्त बनाउन संगीतकर्मी विकल खड्का नेतृत्वको समूहले लाइभ संगीत भर्नेछ ।
कथा मञ्चनको बिचबिचमा गायिका सुनिता कार्कीको गीत प्रस्तुत हुने समीरले जानकारी दिए । कथालय नाम दिइएको उक्त कथा मञ्चन कार्यक्रमलाई ब्रोडिजी ग्रुपले आयोजना गरेको हो । पत्रकार विमल नेपालले उक्त कार्यक्रमको संयोजन गरेका छन् भने सञ्चारकर्मी भोजबहादुर विश्वकर्माले सल्लाहकारको भूमिका निर्बाह गरेका छन् ।
मञ्चन हुने नाटक ‘आहत उजेलीहरु’ कथाकार दिपक समीरको कथा संग्रह मुना मदनको डिभोर्स पार्टीभित्र संग्रहित कथा हो । कथाले वैदेशिक रोजगारीका कारण नेपाली समाजमा पारेको प्रभावलाई देखाउन खोजेको कथाकार समीरले बताएका छन् ।
प्रतिक्रिया 4