+
+
Shares

परीक्षामा पास गराइदिन्छु भन्दै छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उनीमाथि आफैले अध्यापन गराउने १३ वर्षीय छात्रामाथि दुर्व्यवहार गरेको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १८:४१

१५ असोज, काठमाडौं । नाबालिक छात्रालाई परीक्षामा पास गराइदिन्छु भन्दै बालयौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–४ घर भई हाल रामेछाप गाउँपालिकामा अध्यापन गराउने ४८ वर्षीय शिक्षक नवराज भण्डारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उनीमाथि आफैले अध्यापन गराउने १३ वर्षीय छात्रामाथि दुर्व्यवहार गरेको आरोप छ ।

परीक्षामा पास गराइदिन्छु भन्दै फकाएर संवेदनशील अंग छुने, चिमोट्ने, फेसबुक मेसेन्जरमा अश्लील फोटो, भिडिओ तथा मेसेज पठाई यौनजन्य क्रियाकलाप गरी पटक–पटक बालयौन दुरुपयोग गरेको आरोप रहेको जिप्रका रामेछापका प्रवक्ता प्रहरी निरीक्षक कमल राउतले बताएका छन् ।

उनलाई बुधबार पक्राउ गरी रामेछाप जिल्ला अदालतबाट ८ दिन म्याद लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राउतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?