+
+

कपनबाट पेस्तोलसहित एक जना पक्राउ

रासस रासस
२०८० चैत १६ गते १५:२६

१६ चैत, काठमाडौं । प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई शुक्रबार पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सिर्जना गर्ने गरेको अभियोगमा लिम्बूलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ परेका लिम्बूसँग कटुवा पेस्तोल एक थान, धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान, मोबाइल दुई थान र आइफोन एक थान बरामद गरेको छ । पक्राउ परेका लिम्बूसँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?