+
+

लाङटाङका तस्वीरहरू कीर्तिपुरमा प्रदर्शन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १७ गते १४:२३

१७ चैत, काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको हलमा दुई दिने फोटो प्रर्दशनी हुने भएको छ ।

चैत्र १९ र २० (अप्रिल १ र २) गते विश्वविद्यायलयको नयाँ भवनमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म फोटो प्रदर्शनी हुन लागेको हो ।

प्राध्यापक डा. नारायणप्रसाद कोजुले आफूले लाङटाङ राष्टिय निकुञ्जभित्रको मानवबस्ती, जीवका जीवनशैली, वाइल्डलाइफ झल्काउने १०० वटा तस्वीरहरु प्रर्दशनीमा राख्ने बताए ।

साथै २०७२ सालमा गएको भूकम्पअघि र पछि लाङटाङमा भएको परिवर्तनलाई झल्काउने तस्वीरहरु रहेको डा. कोजुको भनाइ छ ।

प्रर्दशनीमा सन् २००२ देखि २०२३ सम्मको एक सय वटा फोटो राखिने छन् । लाङटाङको २० वर्षभन्दा बढी पुराना फोटो प्रदर्शनीमा समावेश गरिनेछ ।

प्रदशनीमा करिब २० वर्षदेखि बर्सेनि नेपालको लाङटाङ भ्रमण गर्दै त्यहाँको तस्वीर खिच्दै आएको वासिन्टन विश्वविद्यालयका प्रा.डा रान्डल सी काइज तस्वीरहरु हुने छन् ।

साथै विगत ११ वर्षदेखि प्रत्येक वर्ष लाङटाङ पुगेर डा नारायणप्रसाद कोजुले खिचेका तस्वीर र निओ फ्युजन स्कल अफ कम्प्युटर भक्तपुरका निर्देशक बालकृष्ण बनमालका फोटो प्रदशनीमा राखिने जनाइएको छ ।

‘लाङटाङ राष्टिय निकुञ्जमा हुँदै आएको पर्यावरणीय परिवर्तन, जैविक परिवर्तन, भूकम्प अघि र पछिको लाङटाङ स्वरुपका झल्काउने कोसिस गरिएको छौं,’ डा कोजुले भने ।

यसले प्रर्दशनीमा अवलोकन गर्न आउनेलाई लाङटाङ नपुगे पनि पुगेको महशुश हुनेछ । प्रवेश नि:शुल्क रहेको छ ।

केही समयपछि यसमा थप ८० वटा फोटो राखेर पुस्तक प्रकाशन गर्ने योजना रहेको उनले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयको रेक्टर प्रा.डा.भारगभ धितालद्धारा फोटो प्रर्दशनीको उद्घाटन गरिने उनले जानकारी दिए ।

त्रिभूवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालय, पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग र  त्रिभुवन विश्वविद्यालय केन्द्रीय प्राणी शास्त्र विभागले आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?