+
+

फेरि वामपन्थी एकताको बाटोतिर फर्किएका छौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १७ गते १७:३८

१७ चैत, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू फेरि वामपन्थी शक्ति एकतावद्ध हुने बाटोमा फर्किएको बताएका छन् ।

२४ औं जेलब्रेक स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिलेको सत्ता समीकरण निर्माणलाई वामपन्थी एकताको बाटोतिर फर्किएको रुपमा ब्याख्या गरेका हुन् ।

‘अस्ति २०७४ को चुनाव अगाडि देशभक्त र वामपन्थीहरु एक भएर चुनाव लडौं भनेर प्रस्ताव मैले नै गरेको हो । त्यो कुरा तपाईहरु सबैलाई थाहा छ । त्यसले झण्डै दुई तिहाईमा वामपन्थीलाई पुर्‍याइ पनि दियो । तर दुर्भाग्य जसरी हामीले माओवादी पार्टीलाई एकीकृत राख्न सकेनौं, त्यसैगरी त्यो एकतालाई पनि बचाइराख्न सकेनौं । तर आज हामी फेरि त्यतैतिर फर्कंदैछौं र मैले भन्ने गरेको छु–देशलाई समाजवादको बाटोमा लैजान सकिन्छ’, उनले भने ।

वामपन्थी एकताका लागि सबैले पहल गर्नुपर्ने प्रचण्डले बताए । ‘…यो कुराको गहिराइलाई आत्मसात गरौं । एकताको निम्ति सबैले आ–आफ्नो ठाउँबाट वातावरण बनाऔं । हामी फेरि साँच्चै एउटा नयाँ इतिहास रचना गर्नसक्छौं’, उनले भने ।

अहिले समाजमा निराशाको कुरा धेरै हुने गरेको भन्दै प्रचण्डले निराशा छाडेर आशावादिताको कुरा गर्नुपर्ने बताए । ‘धेरै निराशाका कुरा नगरौं । क्रान्तिकारी आशावादिता कुरा गरौं । हामी जीवितै छौं अझै । एकचोटी हामी यो अनुभवसहित एकतावद्ध भएपछि हामी अजेय हुन्छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?