+
+

आईपीएलमा लखनउसँग पन्जाब पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते ७:३८

१८ चैत, काठमाडौं । लखनउ सुपर जायन्टसले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा पन्जाब किङ्ग्सलाई २१ रनले हराएको छ ।

जितको लागि २ सय रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै १७८ रन बनायो । पन्जाबका ओपनर तथा कप्तान शिखर धवनले ५० बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाए ।

अर्का ओपनर जोनी बेयरस्टोले २९ बलमा ३ चौका र ३ छक्कासहित ४२ रन बनाए । ओपनर जोनी र शिखरले ११.२ ओभरमा १०२ रनको शतकिय इनिङ खेले पनि जिताउन सकेनन् ।

लियाम लिभिङस्टोन १७ बलमा २ चौका र २ छक्कासहित २८ रन बनाए ।

लखनउका डेब्यु खेल खेलेका मयन यादवले ३ र मोहसिन खानले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन बनाएको थियो ।

लखनउका क्विनटक डि ककले ५४, लोकेश राहुल १५, मार्कस स्टोइनिस १९, कप्तान निकोलस पुरन ४२ र क्रुनाल पान्ड्याले ४३ रन बनाए ।

पन्जाबका साम करनले ३,अर्शदिप सिंह २, कागिसो रबाडा र राहुल चाहरले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?