+
+

१६ बुँदे घोषणापत्र जारी गर्दै सकियो महिला नेतृत्व कृषि सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १४:२०

१८ चैत,काठमाडौ । १६ बुँदे घोषणापत्र जारी गर्दै महिला नेतृत्व कृषि सम्मेलन-२०२४ सम्पन्न भएको छ ।

नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सीएनआईडब्लूएलएफ) को आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा आयोजित सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सकिएको हो ।

दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा भएका वृहत छलफलका विषयलाई समेटेर चितवन घोषणापत्र जारी गरिएको फोरम सभापति छायाँ शर्माले जानकारी दिइन्  ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायतका सरोकारवाला निकाय समक्ष यो घोषणापत्र पेस गरी नीतिगत सुधारका लागि पैरवी गरिने उनले जानकारी दिइन् ।

कृषि विकासमा महिला किसानको भूमिका अझै बढी रहेकाले महिलामैत्री प्रविधि, कार्यक्रम र आवश्यक कृषि सामग्रीको सुलभ उपलब्धताको ग्यारेन्टी हुनुपर्ने, महिलामैत्री कृषि यान्त्रिकीकरण, कृषिमा काम गर्ने सरकारी निकायहरुको विकेन्द्रीकरणसँगै कृषि सेवा बढाउन तीनै तहका सरकारको आवश्यक समन्वय बढाउन संरचना हुनुपर्ने लगायतका विषय घोषणापत्रमा समेटिएको फोरमले जनाएको छ ।

यसैगरी कृषिमा बीमा र सहुलियत ऋणको प्रभावकारिता बढाउनुपर्ने, कृषिमा पर्याप्त लगानीको खाँचो देखिएकाले सरकारको कृषिमा लगानी गर्ने नीति एकद्वार प्रणालीमा हुनुपर्ने लगायतका विषय घोषणापत्रमा उल्लेख रहेको फोरमले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?