+
+

एसएसपी तिउसिनालाई आईजी एपीएफ कमेन्डेसन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते ८:२७

१९ चैत, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एसएसपी कमल तिउसिनालाई  आईजी एपीएफ कमेन्डेसन प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालयको २३औं वार्षिकोत्सवको अवसर पारेर आइतबार सुनसरीमा आयोजित कार्यक्रममा तिउसिनालाई कमेन्डेसन प्रदान गरिएको हो ।

हाल पाथिभरा जवान तालिम शिक्षालय झापाको समादेशक रहेका तिउसिना उच्च व्यवसायिक क्षमता भएका अधिकृत मानिन्छन्।

हाल उनको नेतृत्वमा शिक्षालयमा व्यापक मात्रामा सुधारका कामहरु भएका छन् । तिउसिनासँगै अन्य केही अधिकृतलाई पनि आइतबारबार नै महानिरीक्षक अर्यालले कमेन्डेसन प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?