+
+

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १२:२०

१९ चैत, काठमाडौं । आइतबार स्थिर रहेको सुनको भाउ सोमबार फेरि तोलामा १ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय रुपैयाँ बढी हो भने हालसम्मकै उच्च पनि हो ।

अघिल्लो दिन तोलाको १ लाख ३० हजार रुपैयाँमा सुन कारोबार भएको थियो । विगत केही महिनादेखि नै सुन र चाँदीको भाउ उकालो लागेको छ । चाँदी सोमबार प्रतितोला १० रुपैयाँ बढेर १ हजार ५३५ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले बढ्दो लय समातेपछि नेपाली बजारमा पनि मूल्यले एकपछि अर्को उचाइ लिएको छ । सुनको मूल्य उतारचढावमा नेपालको खास भूमिका रहन्न । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका क्रममा तय भएको मूल्यका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपालमा मूल्य तय गर्ने हो । अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले मूल्य निर्धारण हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?