News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ घटेर ३ लाख २२ हजार १ सय रुपैयाँ कायम भएको छ ।
- चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँ बढेर ४ हजार ९७५ रुपैयाँ पुगेको छ ।
- एक सातामै सुनको भाउ १८ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
१० भदौ, काठमाडौं । बुधबार सुनको मूल्य सामान्य घटेको छ, भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ घटेको छ ।
महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २२ हजार २ सय रुपैयाँ थियो । एक सातामै सुनको भाउ १८ हजार रुपैयाँ बढेको छ । गत बुधबार सुनको भाउ ३ लाख ४ हजार १ सय रुपैयाँ थियो ।
चाँदी तोलामा ७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ९०० रुपैयाँ रहेको चाँदी आज ४ हजार ९७५ रुपैयाँ कायम भएको छ । गत बुधबार चाँदी ४ हजार ५९५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4